जगदिश बुढा
जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट पहिलो पटक परीक्षण भएका ८ जनाको कोराना रिपोर्ट नेगेटिभ आएको छ। जुम्लामा पिसिआर मेसिन पुगेको एक सातापछि सोमबारबाट स्वाब परीक्षणको काम शुरु भएको थियोे।
पहिलो पटक मुगुको खत्याडमा खटिएका ७ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो। सबैको रिर्पोट नेगेटिभ आएको कर्णाली अस्पतालका निर्देशक डा मंगल रावलले जानकारी दिए। मुगुको खत्याडमा एक जनासंग र्यापिड टेस्ट गर्दा कोरोना पाजेटिभ देखिएपछि प्रतिष्ठानकोे एक टोली खटाइएको थियो।
स्वास्थ्यकर्मीसंगै ४५ दिन अघि भारतबाट आएका तातोपानीका स्थानीयका पनि रिर्पोट परीक्षण गरिएको थियो।
निर्देशक डा रावल भन्छन्,‘आशा गरौँ यसरी नै सधैँ हाम्रो प्रदेशमा कोभिड १९ नेगेटभ नै रहोस।’
कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परिक्षण शुरु भएपछि यहाँ कोराना परीक्षण गर्न सहज हुने भएको हो।