काठमाडौं- चितवनको भरतपुरस्थित बिपी काेइराला मेमोरियल क्यान्सर अस्पतालकाे कार्यकारी निर्देशकमा डा डेजकुमार गौतम नियुक्त भएका छन्।
अस्पतालको बिहीबार बसेको विकास बोर्डको बैठकले डा गौतमलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनी तीन वर्षका लागि नियुक्त भएका हुन्।
यसअघि डा विजय आचार्य निर्देशक थिए। उनको कार्यकाल बुधबार सकिएको हो।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भने डा आचार्यलाई नै निरन्तरता दिनुपर्ने अडान राख्दै आएकी थिइन्।
उनले डा आचार्यले अस्पताल सुधारका लागि राम्रो काम गरिरहेकाले उनैलाई निरन्तरता दिनुपर्ने बताउँदै आएकी थिइन्। आफ्नो पक्षको माग नहुने भएपछि उनी निर्देशक सिफारिसका लागि बसेका कुनै पनि बैठकमा सहभागि नभएको पनि स्रोतको दाबी छ।
स्वास्थ्य मन्त्रालयका केही पदाधिकारीले पनि आचार्यकै पक्षमा लविङ गर्दै आएको स्रोतको दाबी छ।