काठमाडौं- नेपालमा हालसम्म १९ जिल्लामा कोरोना संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न १९ जिल्लामा गरी १ सय ९१ जना कोरोना संक्रमित भेटिएका हुन्।
मंगलबार एकैदिन ५७ जनामा कोरोना भाइरस भेटिएको पुष्टि भएपछि संक्रमितको संख्या १ सय ९१ पुगेको हो।
हालसम्म सबैभन्दा बढी पर्सा जिल्लामा ६४ जना कोरोना संक्रमित भेटिएका छन्। उदयपुरमा ३२ संक्रमित भेटिएका छन् भने कपिलवस्तु जिल्लामा २९ जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीमा १६ संक्रमित पुगेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ४, धादिङमा १, बाग्लुङमा २, बारामा ३, रौतहटमा ३, धनुषा १, सप्तरी १, सर्लाही १, भोजपुर १, बाँके २४, बर्दिया १, कञ्चनपुर १, कैलाली ४, चितवन २ र झापामा २ जनामा संक्रमण देखिएको छ।
नेपालमा कोरोना संक्रमित भेटिएकामध्ये हालसम्म ३४ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन्।
हाल उपचारका क्रममा रहेका सबै कोरोना संक्रमितहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।