काठमाडौं - काठमाडौं र भक्तपुरमा मंगलबार राती कोरोना भाइरसको संक्रमण देखिएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरु तीनै जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।
दुई महिला र एक पुरुष गरी गरी तीन जनालाई आईसोलेसनमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ।
उनीहरु तीनै जनालाई गएराति अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अुनप बाँस्तोलाले बताए। संक्रमितमध्ये महेन्द्रनगरको सिर्सैयाबाट काठमाडौं फर्किएकी ३३ वर्षीय महिला, सुनसरीबाट काठमाडौं फर्किएकी २५ वर्षीय महिला र भक्तपुर दुवाकोटका २७ वर्षीय पुरुष छन्।
उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना पुष्टि भएको डा बाँस्तोलाले जानकारी दिए। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।