ललितपुर- पुल्चोकस्थित निदान अस्पताल र आरोग्य फाउन्डेसनमा सिल गरिएको छ। एकै परिसरमा रहेका दुई संस्था बुधबार बिहानबाट सिल गरिएको हो।
एक जना कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको भन्दै अस्पताल र फाउन्डेसन सिल गरिएको हो।
प्रहरीले दुईवटै संस्थामा बाहिरबाट कसैलाई पनि जान दिएको छैन। भित्र रहेकालाई पनि बाहिर निस्कन नदिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
एक जना कर्मचारीमा कोरोना संक्रमण भए/नभएका विषयमा स्वास्थ्य मन्त्रालय केही समयपछि जानकारी गराउने बताइएको छ।