काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्।
यो सहित संक्रमितको संख्या २१८ पुगेको छ।
