काठमाडौं- नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दुई वटा सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीका एक, धनुषा २ र महोत्तरीका २, काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो।


नोट : स्वास्थ्य मन्त्रालयले जारी गरेको यो सूचनामा त्रुटि भेटिएको छ। मन्त्रालयले यसअघि नै पुष्टि भइसकेका ५ जनालाई पुन रिपोर्टिङ गरेको भन्दै त्रुटि सच्याएको छ। मन्त्रालयले त्रुटि सच्याउँदै नेपालमा हालसम्म संक्रमितको संख्या २४५ रहेको जानकारी गराएको छ।
हेरौं समाचार :
स्वास्थ्य मन्त्रालयले त्रुटि सच्याउँदै भन्यो- नेपालमा कोरोना संक्रमित २४५ मात्र