काठमाडौं- निदान अस्पताल परिसरमा रहेको आरोग्य फाउन्डेसनमा कार्यरत एक कर्मचारीको सम्पर्कमा आएकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएपछि अस्पतालको सेवा सुरु भएको छ।
फाउन्डेसनकी २५ वर्षीय एक युवतीमा कोरोना संक्रमण देखिएपछि अस्पताल र फाउन्डेसनमा बुधबार सिल गरिएको थियो। ती यवतीको सम्पर्कमा आएका २ जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालको सेवा पुन सुरु भएको हो।
अस्पतालले बिहीबार विज्ञप्ति जारी गर्दै सेवा सुरु गरिएको जानकारी दिएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानद्वारा जारी विज्ञप्तिमा ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको अनुगमन पश्चात अस्पतालको सेवा नियमित रुपमा सञ्चालनमा ल्याएको उल्लेख छ।
हेरौँ विज्ञप्ति
