काठमाडौं- नेपालमा थप ९ जनामा कोभिड-१९ पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला‚ काठमाडौं र भेरी अस्पताल‚ नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएका सबै पुरूषहरू भएको मन्त्रालयले जनाएको छ।
नयाँ पुष्टि भएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरूष र बाँके नैनापुरका १८‚ २०‚ २२‚ २५‚ २५‚ २७‚ ३२ र ३६ वर्षीय पुरूष रहेका छन्। हालसम्म सबैको स्थिति सामान्य रहेको र सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
