काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा हुने बताएकी छिन्।
आथिर्क वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले नेपाललाई पहिलो कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य रहेको बताइन्।
उनले संक्रमणको परीक्षणलाई व्यापक बनाउदैँ औषधि, उपकरण र चिकित्सकलगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन गर्ने समेत बताइन्। महामारीबाट मुलुभित्र कुनै पनि ज्यान जान अवस्था आउन नदिन सरकार दृढताका साथ लागेको राष्ट्रपतिको भनाई छ।