काठमाडौं- सरकारले संघमा ३०० शैय्याको अत्याधुनिक प्रयाेगशालासहितकाे सरूवा अस्पताल निर्माण गर्ने भएको छ।संघमा ३०० बेड र प्रयाेगशालासहितकाे सात प्रदेशमा पनि कम्तिमा ५० बेडकाे सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन्।
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)को विश्वव्यापी महामारी मध्यनजर गर्दै संघ र प्रदेशमा सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने प्रस्ताव गरेको थियो।
स्वास्थ्य मन्त्रालयले संघमा ३०० बेड र सात प्रदेशमा पनि ५० बेडकाे सुविधा सम्पन्न सरुवा रोग अस्पताल स्थापना गर्ने प्रस्ताव गरेको थियो। हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशालाको सम्पूर्ण संरचना निर्माण गरी आगामी आर्थिक वर्ष अन्त्यसम्ममा सञ्चालनमा ल्याउने प्रस्ताव गरेको थियो।