काठमाडौं - सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै औषधि व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली प्राधिकरण स्थापना हुने जानकारी दिएकी हुन्।
विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्खेछ। औषधि, औजार, उपकरण लगायत चिकित्कीय प्रयोगमा आउने इलेक्ट्रिक डिभाइस, सौन्दर्य संशाधन, खाद्यन्नको गुणस्तर, फुड सप्लिमेन्ट तथा न्युट्रासिकल्स समेतको गुणस्तर जाँच तथा नियम गर्न गर्न एफडीए स्थापना गरिने भएको हो।
नेपालमा हाल औषधि र खाद्य सामग्री हेर्न निकाय फरकफरक छ। चिकित्सकिय प्रयोगमा आउने उपकरण, इलेक्ट्रिक डिभाइस लगायतका सामग्रीको गुणस्तर जाँच गर्ने र नियमन गर्ने काम त अहिलेसम्म हुन सकेको छैन। गगन थापा स्वास्थ्य मन्त्री हुँदा यस्ता उपकरणको नियमन गर्ने निर्देशिका बनेको थियो। तर, मन्त्रीबाट उनी हटेसँगै निर्देशिका कार्यान्वयनमा आउन सकेको छैन।
पछिल्लो समय अत्याधिक आयात र प्रयोगमा आइरहेको सौन्र्दय संसाधनको नियमन हुन सकेको छैन। लामो समयदेखि स्वायत्त खाद्य तथा औषधि प्राधिकरण स्थापनाको चर्चा हुँदै आएको थियो। तर, बन्न भनेको सकेको छैन।
संघीयता अनुसार स्वास्थ्यल मन्त्रालयको सांगठनिक संरचना तयार गर्दा समेत एफडिएको विषयमा चर्चा भएको थियो। तर, केही कर्मचारीको स्वार्थका कारण उक्त काम अगाडि बढ्न सकेको थिएन।