काठमाडौं- सरकारले स्वास्थ्य सेवाको गुणस्तर मापन गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापन गर्ने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिइकी हुन्।
राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरको स्थापना गर्नुपर्ने माग निकै अघि देखि उठ्दै आएको थियो।
राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना भएमा स्वास्थ्य सेवा र त्यस अन्तर्गतका विषयको गुणस्तर मापन हुनेछ। जसले नेपालको स्वास्थ्य सेवाको गुणस्तर कुन स्तरमा छ भन्ने देखाउने छ।
सो केन्द्रले अस्पतालहरुले प्रदान गर्ने सेवाको गुणस्तर, औजार उपकरणको गुणस्तर, औषधिजन्य वस्तुको गुणस्तर गरी प्रमाणीकरण गर्नेछ। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने,‘ राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण भनेको समग्रमा स्वास्थ्यको सबै किसिमको गुणस्तर हेर्न नियमनकारी निकाय हो।’