काठमाडौं- दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १ जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ।
उनीहरू सबै जना अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
