काठमाडौं - नेपालमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका १० जानमा कोरोना संक्रमण देखिएको हो।
रौतहटको राजपुर नगरपालिका फरहदवाका १८ देखि ४८ वर्षका पुरुष र रौतहटकै इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका ७ जना पुरुषमा कोरोना देखिएको हो।
यो सहित नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।
