काठमाडौं - धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७:५० मा सार्वजनिक गरेको
३ जना कोरोना संक्रमितमध्ये एक जना धनकुटा अस्पतालमा हाल कार्यरत एक स्वास्थ्यकर्मी रहेको पाइएको हो।
अस्पतालका निर्देशक डा पुस्कर बिकले स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको पुष्टि गर्दै भने 'प्रयोगशाला परीक्षणका क्रममा एक जनामा कोरोना पोजेटिभ देखिएको छ।'
यसअघि वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक जना नर्स र तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा पनि कोरोना संक्रमण देखिएको छ। धनकुटामा देखिएको सहित नेपालमा ३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ।
नेपालमा हालसम्म संक्रमितको संख्या २९५ पुगेको छ। जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएका छन्।