काठमाडौं- खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनाइएको कोरोना आइसोलेसन वार्डमा उपचाररत २६ जनाको पुनः कोरोना परीक्षण हुने भएको छ। संक्रमितको १४ दिनपछि पुनः कोरोना परीक्षण गर्न लागिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड१९ फोकल पर्शन नरेश श्रेष्ठले आइसोलेसनमा भर्ना भएका ३२ संक्रमितमध्ये सोमबार २६ जनाको पुनः कोरोना भाइरस परीक्षण गर्न लागिएको जानकारी दिए।
उनले २५ जना बाँके र १ जना बर्दियाका संक्रमितको आज पुनः परीक्षण गर्न लागिएको हो। अहिले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली अस्पताल पुगिसकेको छ।
बाँकेका कुल ३३ संक्रमितमध्ये एक जना डिस्चार्ज भइसकेका छन्।