काठमाडौं- बाँकेको नरैनापुर-५ स्थित दिपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ३८ जनालाई अन्यत्र सारिएको छ।
सो क्वारेन्टाइनमा रहेका २५ वर्षीय एक युवाको आइतबार मृत्यु भएपछि उक्त क्वारेन्टाइनमा बसेकाहरुले सो क्वारेन्टाइनमा नबस्ने भन्दै अड्डी लिएपछि उनीहरुलाई नजिकैको जनकिसान माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा सारिएको छ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक मो. मोइन खाँले सोमबार ती ३८ जनालाई जनकिसन माविमा सारिएको जानकारी दिए।
उनीहरुको पनि शनिबार २६३ जनाको स्वाब संकलन गर्ने क्रममा स्वाबको नमुना लिइएको छ। उनीहरुको सबैको परिक्षण रिर्पोट आजै आउने बताइएको छ।