काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ।
स्वास्थ्यकर्मीबाटै समुदायमा कोरोनाको संक्रमण फैलने जोखिम बढेको भन्दै संघले सुरक्षाको प्रवन्ध मिलाउन माग गरेको हो । संघले विज्ञप्ति जारी गरी सुरक्षा सामग्रीको उपयोग र पिसिआर परीक्षणपछि मात्र स्वास्थ्य सेवामा सहभागी हुने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ।
सेवामा खटिएका स्वास्थ्यकर्मीलाई अस्पताल नजिकै बासस्थानको व्यवस्था गर्न पनि संघले माग गरेको छ। घरधनीहरुले बाहिर बस्न दबाब दिएको र दुव्र्यवहार गरेको भन्दै संघले उनीहरुको बासस्थानको व्यवस्था गर्न माग गरेको हो।
सरकारले घोषणा गरेको बमोजिमको भत्ता, सेवा सुविधा छिटो उपलब्ध गराउन पनि उनीहरुको आग्रह छ। कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य क्षेत्रको प्राविधिक शिक्षा हासिल गरेका चिकित्सककै नेतृत्व हुनुपर्ने पनि संघको माग छ।
हेरौँ विज्ञप्ति
