काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८८ जनाको पिसिआरबाट परीक्षण भएको छ ।
नेपालमा हालसम्म कोरोनाको आशंकामा १ लाख १० हजार ५ सय ६६ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३५ हजार ४ सय ९४ जनाको पिसिआर र ७५ हजार ७२ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
बुधबार २५ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये ३ सय ५८ जना पुरुष र ६९ जना महिला छन् । बुधबार नै कोशी अस्पतालमा उपचारपछि ८ जना डिस्जार्च भएका छन् । यो सँगै डिस्जार्च हुनेको संख्या ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
मुलुकभर अहिले २३ हजार २ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।