मुख्य समाचार

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०६

काठमाडौं - नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लाका थप १९ जनामा कोरोना पोजेटिभ देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या नेपालमा ५०६ पुगेको छ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका १ जना, बैतडीका १ जना र बाँकेका १४ जनामा संक्रमण देखिएको हो।

संक्रमितमध्ये नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ।

नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने