काठमाडौं - कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय १९ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म १ लाख २४ हजार ६ सय ४ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४२ हजार ४ सय ८८ जनाको पिसिआर र ८२ हजार १ सय १६ आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ। कोरोना संक्रमण ४० जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ४ सय ३३ पुरुष र ७४ जना महिला छन्।
नेपालमा हालसम्म उपचारपछि ७० जना डिस्जार्च भएका छन्। प्रदेश १ मा २६, प्रदेश दुईमा ६, बागमतिमा ९, गण्डकीमा २, प्रदेश ५ मा २२ र सुदूरपश्चिम प्रदेशबाट ५ जना संक्रमित डिस्जार्च भएका हुन्।
मुलुकभर हाल ४ सय ३३ जना आईसोलेसनमा र १७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।