मुख्य समाचार

मनमोहन कार्डियोथोरासिकमा कोरोना पुष्टि भएकी महिलालाई त्रिवि शिक्षण अस्पतालमा सारियो

काठमाडौं - मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा सारिएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पुष्टि भए लगत्तै उनलाई गएराति नै त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा बनाइएको कोरोना उपचार कक्षमा सारिएको अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दासले बताए।

संक्रमित महिला हेटौंडा ३ मकवानपुरकी हुन्। उनी मुटुको बिरामी भएकाले विशेष सेवा चाहिने भन्दै अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखिएको डा दासले बताए।

विशेष सेवा चाहिने बिरामीलाई अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राख्ने गरेको छ। उनको अवस्था हाल सामान्य रहेको उनले जानकारी दिए। 

डा दासका अनुसार मुटुमा समस्या आएपछि उनी मनमोहन अस्पतालमा यही ४ गते भर्ना भएकी थिइन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने