काठमाडौं- काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार बिहान १०:४५ मा प्रकाशित सूचना अनुसार काठमाडौं (टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका ३) मा २७, ४१ र ३७ वर्षीया पुरुषहरुमा संक्रमण देखिएको हो।
त्यस्तै, धनुषामा ३, कपिलवस्तुमा ३, बारामा २, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २१ र दैलेखमा ७ जनामा संक्रमण देखिएको छ।