काठमाडौं- सुर्खेतमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णाली प्रदेश सामासजिक विकास मन्त्रालयका अनुसार सुर्खेत वीरेन्द्रनगर, भेरीगंगा र सिम्तामा संक्रमित फेला परेका हुन्।
आज मंगलबार थपिएका १२ सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ। सुर्खेतमा थपिएका १२ सहित नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ।
