मुख्य समाचार

वीरगञ्जमा थप २१ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या १७६ पुग्यो

फाइल तस्बिर

वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालबाट थप २१ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु गए राति नै डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा १६ पुरुष र ५ महिला छन्। उनीहरुलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।

डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका  छन्। डिस्चार्ज हुनेहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए। अस्थायी अस्पतालमा अब ९ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालले बताएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ सय ७६ पुगेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने