काठमाडौँ- नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १८३ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।
पछिल्लो पटक कोशी अस्तपालका बाट ४ जना डिस्चार्ज भएका छन्। बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको हो। यसअघि नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए।
नेपालमा पछिल्लो पटक ११४ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।