काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन महिना नपुग्दै पुनः स्वास्थ्य सचिव फेरिएका छन्। मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत लक्ष्मण अर्याललाई स्वास्थ्य मन्त्रालयको सचिवको रुपमा पठाउने निर्णय गरेको छ ।
सचिव अर्यालले आइतबार स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताए। मन्त्रिपरिषदले हालका स्वास्थ्य सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ। सचिव कोइरालालाई फागुन १८ गतेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो।