काठमाडाैं- सरकारले माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि १ अर्ब ८२ करोड विनियोजन गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै बजेटरी व्यवस्था गरेको जानकारी गराएको हुन्।
यसबाट करिब १३ लाख ७६ हजार छात्राहरु लाभान्वित हुने सरकारको दाबी छ।