काठमाडौं- नारायणी अस्पतालले पुनः जेनेरल स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ। यसरी जेनेरल अस्पतालबाट कोभिड र कोभिडबाट जेनेरल अस्पतालका रुपान्तरण भएको नारायणी पहिलो अस्पताल हो।
चैत ३० गते सरकारले सो अस्पताललाई कोरोना संक्रमितको मात्र उपचार गर्ने गरी निर्देशन दिएको थियो। त्यसयता प्रदेश २ विभिन्न जिल्ला सय संक्रमितको उपचार गरी निको बनाएपछि अस्पतालले पुनः जेनेरल सेवा दिन लागेको हो।
प्रदेश नम्बर २ को एक मात्र अस्पताललाई कोरोना उपचारका लागि प्रयोग गरिएपछि सो क्षेत्रका जनताले अन्य स्वास्थ्य सेवाबाट बन्चित भएको गुनासो गरेका थिए। जनताको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्याले परिपत्र गर्दै बिरामीको आवश्यकता अनुसार जेनेरल सेवा सुचारु गर्ने गर्न निर्देशन दिएको थियो।
अहिले नारायणी अस्पतालको कोभिड आइसोलेनमा भर्ना भएका सबै कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा मदनकुमार उपाध्यायले मन्त्रालयको परिपत्र अनुसार जेनेरल सेवा सुचारु गर्ने प्रक्रिया अघि बढाइएको बताए।
उनले संक्रमितको उपचार गरिएकोले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्मलीकरण गरी छिटै इन्डोर सेवा सञ्चालन गर्ने निर्णय भएको बताए। अस्पतालको जेनेरल सेवा सञ्चालन गर्ने सन्दर्भमा जेठ १४ गते अस्पतालका मेसु, विभागीय प्रमुख, वार्ड ईन्चार्जसहितको बैठकले सेवा सञ्चालन गर्नेबारे विभिन्न निर्णय गरेको छ।
अस्पतालका एक तिहाई कर्मचारी क्वारेन्टाइनमा रहेको र अस्थायी कोभिड अस्पतालमा डुयुटी गरिरहेको हँदा जनरल सेवाहरु प्रभावित हुने भएकाले आवश्यक जनशक्तिको तर्जुमा गरी क्रमिक रुपमा सेवा संचालन गर्ने, पिसिआर प्रयोगशालामा जनशक्तिको उपयोग र पिसिआर परीक्षणको भार थपिदैँ गइरहेको हँदा जेनेरल प्रयोशाला स्वयम् पनि हालको जनशक्तिले संचालन गर्न नसकिने र सो समस्याको समाधान गर्न आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ।
डायलासिस सेवा लिइ रहेका बिराम्ीको साथै त्यहाँ खट्ने स्वास्थयकर्मी समेतको पिसिआर गरे पश्चात प्राथमिकतामा सो सेवा संचालनमा ल्याउने, बहिरंग सेवा यथाशिघ्र सुचारु गर्ने, जसमा सामाजिक दुरीसमेतलाई मध्यनजर गर्दै बिरामीको संख्या २३ सम्म मात्र तोक्ने र जनशक्तिको उपलब्धताको आधारमा आकस्मिक सेवा आसियू, एनआइसियू र सुत्केरी शल्यक्रिया सेवाहरु क्रमिक रुपमा सञ्चालनमा ल्याउने निर्णय पनि अस्पतालले गरेको छ।
