मुख्य समाचार

चुरोटमा प्रतिखिल्ली २५ पैसा र सूर्तिमा प्रतिकिलो १५ रुपैयाँले बढ्यो स्वास्थ्य जोखिम कर

काठमाडौं- सरकारले चुरोट र सिगारमा प्रतिखिल्ली २५ पैसा बढाएको छ।

आर्थिक वर्ष २०७६÷०७७ मा चुरोट र सिगारमा स्वास्थ्य जोखिम कर प्रतिखिल्ली २५ पैसा रहेकोमा यस वर्ष ५० पुगेको हो। विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित चुरोट र सिगारमा समान रुपमा बढाइएको हो। बिँडीमा प्रतिखिल्ली २५ पैसा नै कायम गरिएको छ।

सूर्ति, खैनी, गुटखा र पान मसलामा प्रतिकिलो ४० रुपैयाँ कर असुलिनेछ। यसअघि प्रतिकिलो २५ रुपैयाँ थियो।

आर्थिक विधेयक २०७७ मा लेखिएको छः स्वास्थ्य जोखिम करः (१) विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिँडीमा प्रति खिल्ली पच्चीस पेसा, चुरोट र सिगारमा प्रति खिल्ली पचास पैसा र खाने सूर्ति, खैनी, गुट्खा, पान मसलामा प्रति किलोग्राम चालीस रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाई असुल गरिनेछ। (२) उपदफा (१) बमोजिमको कर पैठारीका बखत भन्सार बिन्दुमा र स्वदेशी उत्पादनका हकमा प्रतिष्ठानबाट निष्कासनका बखत असुल गरिनेछ। (३) स्वास्थ्य जोखिम करको नियमन र प्रशासन आन्तरिक राजस्व विभागले निर्धारण गरे बमोजिम हुनेछ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने