काठमाडौं- नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित निको भएर घर फर्किएका छन्।
दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्।
योसँगै नेपालमा निको हुने संख्या १ सय ९५ पुगेको छ। हालसम्म नेपालमा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जनाको निधन पनि कोरोनाका कारण नै भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।