काठमाडौं- शनिबारसाँझसम्म नेपालमा १ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो। शुक्रबा १ सय ५६ जनामा संक्रमण देखिएको थियो।
शनिबार थपिएका १८९ जनासहित नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको हो। कुल संक्रमितमध्ये १ हजार २ सय २८ पुरुष र १ सय १३ जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शनिबार साँझसम्म संक्रमितमध्ये २१९ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमण देखिएका ६ जनाको भने मृत्यु भएको छ।
शनिबार प्रदेश-१ को संखुवासभामा पनि कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितहरूको फैलावट ५३ जिल्लामा पुगेको छ। संखुवासभामा २ जनामा संक्रमण देखिएको हो।
गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। यी परीक्षण देशका विभिन्न जिल्लामा रहेका प्रयोगशालामा गरिएको थियो।
शनिबार सबैभन्दा बढी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये धनुषाका ७ जना, झापाका एक जना कपिलवस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना र सिराहा ११ जना छन्।
यसैगरी रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनाको पोजेटिभ रिपोर्ट आएको छ। उनीहरू कपिलवस्तुका हुन्। यस्तै धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जनामा पनि कोरोना संक्रमण देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू कपिलवस्तुका ३ जना छन् भने दाङका ५ जना छन्।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु बाराका १ जना हुन् भने पर्साका २ जना हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू सबै दैलेखका हुन्।
विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरू दुवै जना संखुवासभाका हुन्।
हालसम्म कुन प्रदेशमा कति संक्रमित?
.JPG)
