काठमाडौं- कर्णाली प्रदेशका तीन जिल्लामा थप २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुर्खेत, सल्यान र अछामका २९ जनामा कोरोना पोजिटिभ देखिएको हो।
कर्णालीको प्देश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ जना महिलासहित २९ जनामा कोरोना संक्रमण देखिएको हो। यो सहित कर्णालीमा संक्रमितको संख्या २६२ पुगेको छ।
