काठमाडौं- देशका विभिन्न आइसोलेसनमा रहेका ४५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या २६६ पुगेको छ।
शिक्षण अस्पताल महाराजगञ्जबाट मकवानपुरकी ५४ वर्षिया महिला १०औं दिनमा, गुल्मी अस्पतालका ३१ वर्षे पुरुष आठौं दिनमा डिस्चार्ज भएका छन्।
त्यसैगरि, भीम अस्पताल रुपन्देहीबाट २५ जना डिस्चार्ज भएका छन्। रुपन्देहीका ५ देखि ५० वर्षका ४ महिलासहित १६ जना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरु ११ देखि २१ दिनको अवधिमा निको भएर डिस्चार्ज भएका हुन्। कपिलवस्तुबाट ९ जना डिस्चार्ज भएका छन्। १९ वर्ष ३६ वर्षका पुरुषहरु ११ देखि २१ दिनको अवधिमा उपचार पुरा गरि घर फर्किएका हुन्।
धरानमा १८ जना डिस्चार्ज भएका छन्। एक जना सुनसरीका ५१ वर्षिया महिला १२ औँं दिनमा र झापाका १७ जना १७ देखि ५२ वर्षका पुरुषहरु कोरोना संक्रमणको उपचार पुरा गरी घर फर्किएका छन्। उनीहरु १२ देखि १४औं दिनमा निको भएर डिस्चार्ज भएका हुन्।
यसरी देशभर २१२ पुरुष र ५४ जना महिला गरी कूल २६६ जना कोरोना संक्रमण भएका व्यक्तिहरु निको भएर घर फकिएका छन्। देशभर २ हजार ९९ संक्रमितको उपचार भइरहेको छ। हालसम्म कोरोना संक्रमण भएका ८ जनाको मृत्यु भइसकेको छ।