काठमाडौं- मंगलबार साँझसम्म नेपालमा २ हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार एकै दिन २८८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।
मंगलबार थपिएका २८८ जनासहित नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या २ हजार ९९ पुगेको हो। कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार साँझसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमण देखिएका ८ जनाको भने मृत्यु भएको छ।
मंगलबार प्युठान र पर्वतमा पनि कोरोना भाइरसको नयाँ संक्रमित फेला परेका छन्। योसँगै संक्रमितहरूको फैलावट ६१ जिल्लामा पुगेको छ।
गएको २४ घण्टामा मात्र ३ हजार ४ सय ४० जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ। यी परीक्षण देशका विभिन्न जिल्लामा रहेका प्रयोगशालामा गरिएको थियो।
मंगलबार काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३८ जनामा कोरोना संक्रमण पाइएको छ। यसैगरी पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ५ र पर्वत फलेबास क्वारेन्टाइनका रहेका ५ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धरानमा गरिएको परीक्षणमा सप्तरीका १ जनामा कोरोना पोजेटिभ देखिएको छ भने भेरी अस्तपालको प्रयोग शालामा बर्दियाका ३ र बाँकेका १७ जनामा कोरोना संक्रमण देखिएको छ।
सुर्खेतको प्रयोगशालमा सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १० जनामा कोरोना पोजेटिभ देखिएको छ। यस्तै, हेटौंडामा गरिएको परीक्षणमा बाराका एक जनामा समेत कोरोना देखिएको छ।
दाङको राप्ती स्वसाथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ र प्युठानका १ जनामा कोरोना भाइरस देखिएको छ। भने सेती अस्पातलमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ११८ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरूमध्ये धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१, सिराहाका १७, भक्तपुरका १, र धादिङ घर भई काठमाडौंमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण भेटिएको छ।
सोही प्रयोगशालमा कपिलवस्तुका १६, काठमाठौंका ४ स्वास्थ्यकर्मी, नवलपरासीका २ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म कुन प्रदेशमा कति संक्रमित?
