काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौं मेडिकल कलेज (केएमसी)का ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका थिए।
तर उनले दिएको जानकारीमा त्रुटि फेला परेको छ।
मन्त्रालय अन्तर्गतकै निकाय इपडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संकलन गरेको विवरण अनुसार काठमाडौं मेडिकल कलेजका ३ जना र अर्का एक जना भने स्वयम्भुस्थित मनमोहन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेका छन्।
महाशाखाका अनुसार केएमसीका एक डाक्टर र २ जना नर्स र मनमोहनमा कार्यरत एक नर्समा कोरोना पोजिटिभ देखिएको हो।
नेपालमा हालसम्म २० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको महाशाखाले जनाएको छ।
नोट : यसअघि विभागका कर्मचारीले मनमोहन कार्डियोथोरासिक भनेर जानकारी दिए पनि ट्रेसिङका क्रममा स्वम्भुस्थित मनमोहन अस्पताल रहेकाले सच्याइएको छ।