काठमाडौं- थप १६ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा बिहीबार बिहान थप १६ जनामा संक्रमण पुष्टि भएको हो।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका छन्।
१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्।
गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ। नेपालभर भने कुल संक्रमितको संख्या २३ सय १६ पुगेको छ।