काठमाडौं— आज देशभरका आइसोलेसनमा उपचाररत १२ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नारायणी अस्पताल वीरगञ्जबाट ५ जना डिस्चार्ज भएका हुन्। २५ देखि ७० वर्षका पुरुषहरु ९ दिनमा डिस्चार्ज भएका हुन्।
त्यसैगरि, कलैया अस्पताल बारामा ७ जना डिस्चार्ज भएका छन्। २८देखि ४९वर्षका पुरुषहरु १० देखि १७ औं दिनमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन्। हालसम्म २९० जना व्यक्तिहरु संक्रमणलाई जितेर घर फर्किएका छन्।
यसरी हालसम्म प्रदेश १ मा ४८, प्रदेश २ मा ११९, बागमती प्रदेशमा ३२ र गण्डकी प्रदेशमा ३ जनाले कोरोना संक्रमण जितेका छन्। त्यसैगरी, प्रदेश ५ मा ७९ र कर्णाली प्रदेशमा २ मा सुदुरपश्चिम प्रदेशमा ७ जनाले कोरोना संक्रमण जितेका छन्।
हालसम्म २३४ पुरुष र ५६ महिला गरी २९० जनाले कोरोना संक्रमण जितेका छन्।