काठमाडौं- सुदूरपश्चिम प्रदेशका २ जिल्ला कैलाली र डडेल्धुराका दुई जिल्लामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सेती प्रादेशिक अस्पतालले सार्वजनिक गरेको प्रे विज्ञप्ति अनुसार कैलालीका १ र डडेल्धुराका ५ जनामा संक्रमण देखिएको हो। संक्रमण देखिएका ६ जना नै पुरुष हुन्।
डडेल्धुराको गन्यापधुरा १ का ३८ र १७ वर्षीय पुरुष, गन्यापधुरा २ का १९, २४ र ५७ वर्षका पुरुष र कैलाली जानकी-७का १६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
