काठमाडौं - कोरोना परीक्षणको क्षमता बढाउन सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्ने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि नीजि क्षेत्रलाई सहकार्यका लागि आह्वान गरेको हो।
इच्छुक दर्तावाला प्रयोगशालाले कोरोना परीक्षणका लागि आफुसँग भएको क्षमता खुलाई के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने विषयमा प्रस्ताव पेश गर्न प्रयोगशालाले आग्रह गरेको छ। उक्त प्रस्ताव पेश गर्नका लागि प्रयोगशालाले सात दिनको समय दिएको छ।
परीक्षणको क्षमता र दायरा बढाउन नीजि क्षेत्रसँगको सहकार्य बढाउने सन्दर्भमा प्रयोगशाला मोडालिटी तयार गर्ने गृहकार्यमा जुटेको छ।
