काठमाडौं- थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशका हुन्।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माद्वारा जारी सूचना अनुसार स्याङ्जा, बाग्लुङ, कास्की, नवलपरासी पूर्वमा संक्रमण देखिएको हो।
स्याङ्जामा १०, बाग्लुङमा १, कास्कीमा ३ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सबै पुरुष रहेको सूचनामा उल्लेख छ।
योसँगै नेपालभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या २९ सय २९ पुगेको छ।
