काठमाडौं- काठमाडौं र भक्तपुरमा शनिबार सुरक्षाकर्मी, सुत्करी र बिरामी गरी ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको टोखामा प्रहरीकी श्रीमति, भेनस अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएकी एक महिला, प्रहरी अस्पतालमा डायलाइसिस गराइरहेका एक पुरुष र कोटेश्वरमा कार्यरत अर्का एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो।
त्यसैगरि, भक्तपुरमा अर्की एक सुत्करीमा पनि कोरोना संक्रमण देखिएको छ। काठमाडौं मेडिकल कलेजमा संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परीक्षण गर्दा ती सत्करीमा कोरोना पोजिटिभ देखिएको हो।
देशभर शनिबार ३२३ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमितको संख्या ३२३५ पुगेको छ। मध्ये ३६५ जना निको भइसकेका छन्।