मुख्य समाचार

कोरोना संक्रमितलाई परीक्षण नगरी घर पठाउन कोभिड-१९ अस्पताललाई मन्त्रालयको निर्देशन

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई अस्पताल भर्ना भएका संक्रमितहरूलाई परीक्षण नगरी डिस्चार्ज गर्न देशभरका सबै कोभिड-१९ अस्पताललाई पत्राचार निर्देशन दिएको छ। लक्षण भएका संक्रमितलाई लक्षण देखिन छोडेको तीन ३ दिनभित्र र लक्षण नभएकालाई भर्ना भएको १४ दिनभित्र परीक्षण नगरी डिस्चार्ज गर्न मन्त्रालयले निर्देशन दिँदै पत्राचार गरेको हो। 

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा गुणराज लोहनीले सबै कोभिड अस्पताललाई जेठ २० गते जारी भएको‘नेशनल टेस्टिङ गाइनलाइड फर कोभिड-१९’ अनुसार पोजेटिभ केसलाई लक्षण देखिन छोडेको ३ दिन र जम्मा १४ दिनको भर्नालाई आइसेलेन पछि टेस्ट नगरी डिस्चार्ज गर्न जेठ २१ गते परिपत्र गरेका छन्। 

हालसम्म संक्रमित भई अस्पताल भर्ना भएका सबैको पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र डिस्चार्ज हुँदै आएका छन्।

एक जना जनस्वास्थ्य विज्ञले भने मन्त्रालयको यस्तो परिपत्रप्रति आश्चर्य व्यक्त गर्दै परीक्षण नगरी डिस्चार्ज गर्दा समुदायमा कोरोना संक्रमण फैलन सक्ने भन्दै चिन्ता व्यक्ता गरेका छन्। ‘अहिले संक्रमितलाई परीक्षण नगरी संक्रमणमुक्त भए/नभएको निर्क्योल नगरी डिस्चार्ज गर्दा घरपरिवार र समुदाय संशकित हुने अवस्था आउँछ भने स्वयम् संक्रमितसमेत ढुक्क नभई तनावमा पर्ने स्थिति सिर्जना हुन्छ।’ उनले अहिले धेरै केस नभएकाले डिस्चार्ज गर्दा परीक्षण गर्न सरकारलाई समस्या हुन नपर्ने उल्लेख गरे। उनले पछिल्लो समय यस्तै विवादास्पद  निर्णय गर्दा स्वास्थ्यमन्त्री आलोचित बनिरहेकाे समेत बताए।

पछिल्लो समय विभिन्न सरकारी गतिविधिलगायतका अन्य गतिविधिमा सहभागी हुन कोरोना संक्रमण भए/नभएको प्रमाणपत्र मागी रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको यस्तो निर्णयले जनतालाई थप त्रास र द्विविधामा पारेको छ। 

मन्त्रालय ल्याएको सो गाइडलाइन अवैज्ञानिक रहेको र त्यसको कार्यान्वयनले जनस्वास्थ्य जोखिममा पर्ने भन्दै टिप्पणी भइरहेको समयमा मन्त्रालयले यस्तो पत्राचार गरेको हो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने