काठमाडौं- नेपालमा थप १७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। प्रदेश २ का ७ वटामा थप १७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा ८, बारामा ७, रौतहटमा ११, सप्तरीमा १६, धनुषामा १, महोत्तरीमा १२ र सर्लाहीमा १२० जनामा कोरोना संक्रमण देखिएको हो।
प्रदेश २ मा थपिएका संक्रमित सहित नेपालमा कुल संक्रमण देखिनेको संख्या ३ हजार ६ सय २३ पुगेको छ। संक्रमण देखिएकामध्ये ४६७ जना उपचारपछि निको भइसकेका छन् भने १४ जनाको मृत्यु भएको छ।