जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्।
उपचारपछिको परीक्षणमा कोरोना संक्रमण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानको अस्पताल निर्देशक डा मंगल रावलले जानकारी दिए। उनीहरु उपचारका लागि आउनु अघि कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो।
डिस्चार्ज भएर गएकालाई प्रतिष्ठानका चिकित्सकले तीन साता होम क्वारेन्टिनमा बस्न सुझाव दिएका छन्।
प्रतिष्ठानबाट डिस्चार्ज भएका १८ सहित नेपालमा कोरोना निको हुनेको संख्या ६०२ पुगेको छ।