काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ९० काेराेना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
कोभिड-१९ अस्पताल जनकपुरबाट ३७ जना, सिरहाबाट २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
काेभिड-१९ युनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट १ एकजना महिला निको भएर डिस्चार्ज भएकी छन्।
काेशी अस्पताल विराटनगरबाट ६ जना, कर्णाली स्वास्थ्य विज्ञान अस्पताल जुम्लाबाट १८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान अस्पताल धरानबाट एक जना र कोरोना उपचार केन्द्र बेलझुण्डी दाङबाट ७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
६९५ पुरुष र ७९ महिला सहित हालसम्म ६७४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।