काठमाडौं- जोरपाटीस्थित नेपाल मेडिकल कलेजका चिकित्सक माथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन्। उनलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
तर दोषिलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने आन्दोलित चिकित्सकले बताएका छन्। यद्यपि दोस्रो चरणको आन्दोलन भने स्थगित गरिएको नेशनल मेडिकल स्टुडेण्ट एशोसिएनसका संयोजक डा सुजन कडरियाले बताए।
दोषिलाई कारबाही नभएको भन्दै बिहिबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने उनीहरुको तयारी थियो।
डा कडरियाले भने, ‘अनुसन्धानको प्रक्रिया सुरु भएको छ। त्यसैले हामीले दोस्रो चरणको आन्दोलन स्थगित गरेका छौं। तर दोषिलाई कारबाही नभएसम्म हाम्रो शान्तिपूर्ण आन्दोलन भने यथावत रहन्छ।’
जेठ १४ गते उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए। दोषिलाई कारबाहीको माग गर्दै उनीहरु १४ दिनदेखि आन्दोलनमा गर्दैैआएका थिए।