काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। बुधबार मात्र २ सय ७९ जना नयाँ संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार साँझसम्मको तथ्यांक अनुसार नेपालमा हालसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भेटिएका छन्। कुल संक्रमितमध्ये ६७४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ।
संक्रमितमध्ये प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। प्रदेश २ मा १ हजार ५ सय ९२ जना संक्रमित छन्। २ सय ७३ जना उपचारपछि डिस्जार्च भएका छन्। हाल १ हजार ३ सय १८ जना आइसोलेसनमा छन् भने १९ हजार ७ सय ५५ जना क्वारेन्टाइनमा छन्। एक जनाको मृत्यु भएको छ।
प्रदेश २ पछि प्रदेश ५ मा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। त्यहाँ १ हजार ३ सय १५ जना संक्रमित र १ हजार १ सय १५ जना अस्पतालको आइसोलेसनमा छन्। १ सय ९६ जना उपचारपछि डिस्जार्च भएका छन् भने ४ जनाको मृत्यु भएको मन् त्रालयले जनाएको छ। हाल त्यहाँ ३८ हजार २ सय ९१ जना क्वारेन्टाइनमा छन्।
संक्रमितको संख्या ७ सय ४ पुगेसँगै प्रदेश १ मन्त्रालयको तेस्रो सूचीमा छ। जसमध्ये २५ डिस्चार्ज र तीन जनाको मृत्यु भएको छ। हाल ६ सय ७६ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। २९ हजार ९ सय ८६ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा हालसम्म ३ सय १ संक्रमित भेटिएको छ। जसमध्ये १ सय २६ जना डिस्चार्ज भएका छन्। यस प्रदेशमा कोरोनाका कारण हालसम्म कसैको मृत्यु भएको छैन। हाल १ सय ७५ जना अस्पतालको आइसोलेसनमा र ४ हजार ५ सय ४२ जना क्वारेन्टाइनमा छन्।
सुदूरपश्चिममा संक्रमितको संख्या १ सय ६५ पुगेको छ। हाल १ सय ५० जना आइसोलेसनमा छन् भने १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या दुई पुगेको छ। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै छ। त्यहाँ हाल ६२ हजार ९ सय २ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशमा १ सय ४७ जना संक्रमित छन्। जसमध्ये ४ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार १ सय ४२ जना आइसोलेसनमा र १३ हजार ७ सय ४६ जना क्वारेन्टाइनमा छन्।
सात प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा कम १ सय ४० संक्रमित छन्। प्रदेशमा हाल ९९ जना आइसोलेसनमा र ३ हजार ४४ जना क्वारेन्टाइनमा छन्। प्रदेशमा हालसम्म भेटिएका कुल संक्रमितमध्ये ३७ जना उपचारपछि डिस्जार्च भएका छन्। मृतकको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ।
