काठमाडौं- नेपाल जनस्वास्थ्य प्रतिष्ठानले क्वारेन्टाइन र आइसोलेनसको बसाइपछि सबैको पिसिआर परीक्षण गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ।
प्रतिष्ठानले क्वारेन्टाइन र आइसोलेसनको बसाईपछि पिसिआर परीक्षणबाट कोरोना नेगेटिभ प्रमाणित भएपछि मात्र पठाउनुपर्ने सरकारलाई सुझाव दिएको छ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका अध्यक्ष डा रीता थापाले प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटी बिहीबार विभिन्न चार विषयमा गरी ४२ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा स्वास्थ्य शिक्षा, सूचना तथा संचार क्षेत्रका संस्थाका लागि, लकडाउन र आम जनताको लागि ४२ बुँदे सुझाव रहेको जानकारी दिइन्।
उनले भनिन्,‘कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिमा वरिष्ठ जनस्वास्थ्य विज्ञ, गैह्र सरकारी र दातृ निकायको संलग्नता हुनुपर्ने, पिसिआर परीक्षण, क्वारेन्टाइन, कन्ट्याक ट्रेसिङ र आइसोलेसनको कार्यलाई दायरा बढाउँदै प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छाँै।’
जसमा सरकारी मापदण्ड अनुसार नीजि अस्पताल ल्यावलाई पनि रोग नियन्त्रणको दायरामा ल्याउनुपर्ने उनले बताइन्।
नियमित आधारभूत स्वास्थ्य सेवा विशेषगरी खोप तथा सुरक्षित सुत्केरी÷प्रजनन् स्वास्थ्य सेवामा सरकारले ध्यान दिनुपर्ने प्रतिष्ठानले जनाएको छ। कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको व्यवस्था राज्यले गर्नुपर्ने, लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने, जिल्ला स्तरीय अस्पतालमा अक्सिजन र भेन्टिलेटरको व्यवस्था हुनुपर्ने लगायत सुझाव पत्रमा उल्लेख गरिएको छ।
सर्वसाधारणलाई भने अनिवार्य मास्कको प्रयोग गर्न, हात साबुन पानीले धुन र सामाजिक दूरी कायम गर्न, व्यायम गर्न, दैनिक फलफुल तथा सागसब्जी पर्याप्त मात्रामा खान प्रतिष्ठानले सुझाव दिएको छ।
यस्ता छन् जनस्वास्थ्य प्रतिष्ठानले दिएका ४ विषयका ४२ बुँदे सुझावः
![](https://swasthyakhabar.com/uploads/news/images/1.jpeg)
![](https://swasthyakhabar.com/uploads/news/images/2(20).jpg)
![](https://swasthyakhabar.com/uploads/news/images/3(6).jpg)
![](https://swasthyakhabar.com/uploads/news/images/4(1).jpg)
![](https://swasthyakhabar.com/uploads/news/images/5(1).jpg)